पढाइमा कसरी उत्कृष्ट बन्ने ?
हामीहरूमध्ये धेरैले परीक्षा नजीक आउन थालेपछि मात्र तयारी तीव्र पार्छौं । अघिपछि जतिसुकै बेवास्ता गरेको भए पनि परीक्षा भनेपछि सबैको टाउको दुखाइ हुन्छ । सबैलाई पास हुनै छ, त्यसैले शुरू हुन्छ भागदौड । कहिल्यै नबोल्ने साथीसँग पनि नोट माग्न मन लाग्छ । शिक्षकले पनि एकचोटि अप्ठ्यारो लागेको पाठ दोहोर्याइदिए हुन्थ्यो झैं लाग्छ । कस्ता प्रश्न आउलान् ? प्रत्येक पाठ पढेपछि अनुमान गर्न मन लाग्छ । अरूसँग आफूलाई कहिल्यै तुलना गर्नु हुँदैन । पढेको कुरा कसरी बढीभन्दा बढी सम्झने, यो हाम्रो पढ्ने तरीकामा भर पर्छ । हामीकहाँ सजिला कुरालाई पनि अप्ठ्यारो बनाएर पढ्ने चलन छ । अप्ठ्यारा कुरा सजिलो बनाउन सक्नुपर्छ । हामी चाहन्छौं एकचपटक पढेकै भरमा सबै दिमागमा घुसोस्, तर त्यो सम्भव छैन । एकदमै थोरैमात्र मान्छे हुन्छन्, जसलाई एकपटक पढेकै भरमा सबै दिमागमा घुस्छ । प्रत्येक मान्छेको आआफ्नै क्षमता हुन्छ । केही सामान्य कुरामा ध्यान पुर्याइयो भने मात्र पनि राम्रो अङ्कमा उत्तीर्ण हुन सकिन्छ । समय व्यवस्थापन कुुनै पनि कामका लागि समयको उचित व्यवस्थापन अति आवश्यक हुन्छ । झन् परीक्षाको तयारीका लागि त यसको बढी नै महत्...