परीक्षामा उत्कृष्ट नम्बर ल्याउन यसरी पढौँ

परीक्षा कसरी राम्रो गर्ने भन्ने विषयमा केहि शिक्षाविद्सँगको कुराकानीबाट लोकपथले केहि टिप्स जम्मा पारेको छ ।
पुरा अध्ययन   : यदि विद्यार्थीले तन मन दिएर किताबको सम्पूर्ण ज्ञान लिन सक्यो भने उसले करिब प्रशनपत्रमा आउनसक्ने प्रश्नको बारेमा भेउ पाउन सक्छ ।
पुुराना प्रश्नपत्रको अध्ययन    :  परीक्षा तयारी गर्दा विद्यार्थीले सधैं सम्झनुुपर्ने विषय हो, पुुराना प्रश्नपत्रको अध्ययन । यसले परीक्षाको फरम्याट कस्तो हुन्छ भन्ने मात्र प्रष्ट पार्दैन उत्तर कसरी दिने वा कस्ताकस्ता प्रश्नहरु बढी महत्वपूर्ण छन् भन्ने जान्न सहज हुुन्छ । कुन प्रश्नलाई कति समय दिने भन्ने पनि यसले सहयोग पु¥याउँदछ । यस्तै ग्रुप ए मा दिईएका कति प्रश्नमध्ये कतिवटा प्रश्न कति समयावधीमा हल गर्नुपर्ने र तिनका पूर्णाङ्क कति हुन् भन्ने बारे जानकारी हुन्छ ।
समूह बनाएर पढ्ने    :  परीक्षाको तयारीमा जुटेका विद्यार्थीले समूह बनाएर अध्ययन गर्दा राम्रो हुन्छ । कहिले आफूले प्रश्न सोध्ने र कहिले आफूलाई प्रश्न सोध्न सकिन्छ र यसो गर्दा आत्मविश्वास बढ्छ । यसका अलावा पढेको कुुरा स्पष्टसँग बुुझ्न सकिन्छ । त्यसबाहेक साथीहरुको नोटकाट पनि नयाँ जानकारी वा ज्ञान पाउन पनि सकिन्छ ।
लेख्दै अध्ययन गर्ने   : पुरै पाठ कण्ठ गर्ने वा पाठ बाचन गर्ने शैली त्यती प्रभावकारी मानिदैन, खासगरी स्मरणका लागि । आफुले पढेको कुरा सम्झन वा बुझ्नका लागि लेख्ने बिधी उपयुक्त हुन्छ । लेख्ने तरिका छिटो र सजिलो माध्यम हो स्मरण गर्नको लागि । कुनैपनि पाठ याद गर्नका लागि पुस्तक पढ्ने वा लेख्ने र आँखा चिम्लिएर त्यसलाई मनन गर्ने हो ।
बिहान पढ्ने    : कक्षामा शिक्षकले पढाएको विषयलाई घरमा आएर राम्रोसँग अध्ययन गर्ने बानी विद्यार्थीका लागि उपलब्धि मूलक हुनसक्छ । परिक्षामा मात्र पढ्ने विदार्थीहरुले भने कठिन सामग्रीहरु बिहानै उठेर पढ्नुपर्छ । फ्रेस दिमागले पढ्दा सम्झन सजिलो हुने विभिन्न अध्ययनमा देखिएको छ ।
चार्ट र डायग्रामको प्रयोग   :  कुुनै विषयवस्तुु पढ्दा श्रव्यदृश्य सामग्रीले सम्झन निकै सहयोग पु¥याउँछ । यदि यस्तो उपकरण नभएको खण्डमा महत्वपूर्ण विषयलाई चार्ट वा डायग्राममा उर्तानु पर्छ जसलाई सम्झन् सकियोस् ।
पर्याप्त सुत्ने     :  परीक्षाका नाममा निद्रा मारेर नसुत्दा भोलिपल्ट दिमाग फ्रेस नहुने समस्या हुन्छ । यसले स्वास्थयमा पनि समस्या निम्ताउन सक्छ । त्यसैले पर्याप्त सुत्नु राम्रो हुन्छ ।
स्वास्थ्यको ख्याल गर्ने    :  परीक्षाको तनाव, अनिन्द्रा, खानपानमा अनियमितताको कारण धेरै बिद्यार्थीलाई यसबेला स्वास्थ्य समस्या देखापर्न सक्छ । केहि विद्यार्थीहरु परीक्षाको समयमा बिरामी परेर परिक्षा नै छुटेको समाचारहरु पनि हामीले सुनेका छौँ । त्यसैले परीक्षामा पनि आफ्नो दिनचर्यालाई सन्तुलित राख्ने प्रयास गर्नुपर्छ । सहि समयमा सुत्ने, उठ्ने खाने तालिका अनुसरण गर्नुपर्छ ।
खानेकुरामा ध्यान दिने    :  परिक्षाको बेलामा ताजा खानेकुरा खाने, पर्याप्त पानी पिउने गर्नुपर्छ । किनभने शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य भइयो भने नै पढेको कुरा मस्तिष्कले ग्रहण गर्छ । र, त्यसलाई आफुले सरल ढंगमा प्रस्तुत गर्न सकिन्छ ।
नियमित ब्रेक लिने    :  परीक्षा आयो भन्दैमा विद्यार्थीहरू निरन्तर पुुस्तक र नोट बुुकमा मात्र केन्द्रित हुुनुु हुुँदैन । नियमित रुपमा ब्रेक लिनुुपर्छ । रातमा पढ्दा सम्झन सजिलो हुुने विद्यार्थीले दिनमा धेरै थकाइ मार्ने र दिनमा पढ्दा सम्झन सजिलो हुुने विद्यार्थीले रातमा थकाइ मार्ने गर्नुुपर्छ । जुुन समयमा पढे पनि नियमित ब्रेक भने लिनुुपर्छ ।
आफूले जानको कुुरालाई साथीहरुलाई भन्ने   : भनाइ नै छ, विद्यार्थीलाई सिक्नको लागि पुुस्तक अध्ययन गरेरभन्दा आफूले जानेको कुुरा अरुलाई भन्दा बढी प्रभावकारी हुुन्छ । त्यसैले साथीहरुलाई आफूले पढिरहेको विषयको प्रश्न आफैंलाई सोध्न लगाउने गर्नुुपर्छ । यसो गर्दा सम्झन कठिन भएको विषय स्पष्ट हुुने र परीक्षामा लेख्न अल्मलिने समस्याबाट मुुक्ति पाइन्छ ।
परीक्षाको दिन बिशेष तयारी    :  परिक्षाको दिन दिमागलाई प्रेसर दिनु कदापी हुँदैन । त्यसैले परीक्षाको दिन अगाबै मिहिनेत गरेर नियमित पठनपाठन गर्नुपर्छ भनिएको हो । परीक्षाको दिन सखारै उठेर केहि बेर ध्यान गरेर ब्रेकफास्ट लिनुपर्छ । समयलाई हेक्का राख्नुपर्छ । परीक्षाको समय आवश्यक पर्ने सरसामाग्रीहरु जस्तै दुईवटा पेन, पेन्सील ईरेजर, स्केल जस्ता जोमेटी बक्स र एडमिट कार्ड अर्थात् प्रवेश पत्र भुल्नुहुँदैन । परीक्षाको दिन परीक्षा समयभन्दा ठिक २० मिनेट अगाडी परीक्षास्थल पुग्नुपर्छ । र प्रशनपत्र राम्ररी अध्ययन गरेर मात्रै उत्तर दिनुपर्छ नभुलौँ एउटा प्रश्न पूर्ण रुपमा बुझ्नु भनेको ४० प्रतिशत हल गरीनु बराबर हो ।
कहिलेकाहीँ घण्टौं पढेपनि दिमागले केही टिप्दैन । कहिले दिमागले टिपिसकेको कुरा पनि परीक्षामा लेख्दै गर्दा भुसुक्कै बिर्सिइन्छ । यो आम समस्या हो । खासमा यो मस्तिष्कको क्षमता भन्दा पनि हाम्रो परीक्षा तयारीमा भरपर्ने कुरा हो । भनिन्छ नि ‘डन्ट वर्क हार्ड, वर्क स्मार्ट’ अर्थात्, धेरै कडा मिहिनेत नगर बरु चाहिँदो र बुद्धिमानी ढङ्गले मिहिनेत गर्नुपर्छ । त्यसैगरी ‘स्मार्ट’ तरिकाले पढ्ने हो भने हामीले सजिलैसँग पढ्न सक्छौं र पढेको कुरा याद गर्न सक्छौं ।
परीक्षाको महिना नजिकिँदैछ । त्यसैले लगभग सबै विद्यालयमा तीव्र गतिमा पढाइ भइरहेको हुन्छ । चैत्र महिनामा हुने परीक्षाले विद्यार्थी माथिल्लो कक्षामा जान योग्य छ कि छैन भन्ने कुरा निर्धारण गर्ने भएकाले यो समय विद्यार्थीहरुका लागि अत्यन्तै महत्त्वपूर्ण छ । सबैजना राम्रो नतिजा ल्याउने ध्याउन्नमा तयारी गरिरहेका हुन्छन् ।
फलामको ढोका मानिने एसईईको  यस परीक्षामा विशिष्ट अंक ल्याउने सबैको लक्ष्य हुन्छ । तर, विद्यार्थीहरु परीक्षा नजिकिँदै गर्दा जति एकाग्र भएर अध्ययन गर्छन् वर्षको शुरुवात देखि नै उनीहरु त्यसैगरी पढाइमा विल्कुलै लागिपर्दैनन् ।
अन्तिम समयमा राम्रो नतिजा ल्याउने दबावमा विद्यार्थीहरु तनावको शिकार बन्छन् जुन झनै घातक हुनसक्छ ।
विद्यार्थीले हरेक शीर्षक पूरा अध्ययन गर्नुपर्छ । किताबका सबै पाठ पढ्ने समय छैन भनेपनि कम्तीमा पढेका शीर्षकहरुको चाहिँ पूर्ण अध्ययन गर्नुपर्छ ।
परीक्षा तयारी गर्दा विद्यार्थीले सधैं ध्यानमा राख्नुपर्ने कुरा हो, पुराना प्रश्नपत्रको अध्ययन । यसले परीक्षाको फरम्याट कस्तो हुन्छ भन्ने मात्र प्रष्ट पार्दैन उत्तर कसरी दिने वा कस्ताकस्ता प्रश्नहरु बढी महत्वपूर्ण छन् भन्ने जान्न सहज हुन्छ । कुन प्रश्नलाई कति समय दिने भन्ने पनि यसले सहयोग पु९याउँछ । यस्तै प्रत्येक समूहमा दिइएका कति प्रश्नमध्ये कतिवटा प्रश्न कति समयावधीमा हल गर्नुपर्ने र तिनका पूर्णाङ्क कति हुन् भन्ने बारे जानकारी हुन्छ ।
परीक्षाको तयारीमा जुटेका विद्यार्थीले समूह बनाएर अध्ययन गर्दा राम्रो हुन्छ । कहिले आफूले प्रश्न सोध्ने र कहिले आफूलाई प्रश्न सोध्न सकिन्छ । यसो गर्दा आत्मविश्वास बढ्छ । यसका अतिरिक्त पढेको कुरा स्पष्टसँग बुझ्न सकिन्छ । त्यसबाहेक साथीहरुको नोटबाट पनि नयाँ जानकारी वा ज्ञान पाउन पनि सकिन्छ ।
फेरि कसैको बानी हुन्छ एकान्तमा पढ्ने । यसो हो भने समूहमा नपढेकै बेस हुन्छ । आफूलाई कसरी पढ्दा सहज हुन्छ त्यही गर्ने ।
पूरै पाठ कण्ठ गर्ने वा पाठ वाचन गर्ने शैली त्यति प्रभावकारी मानिँदैन । आफूले पढेको कुरा सम्झन वा बुझ्नका लागि लेख्ने विधि उपयुक्त हुन्छ । लेख्ने तरिका छिटो र सजिलो माध्यम हो स्मरण गर्नका लागि । पढ्दै गर्दा सँगसँगै लेख्ने ग¥यो भने लेखन गति पनि बढ्दछ ।
कक्षामा शिक्षकले पढाएको विषयलाई घरमा आएर राम्रोसँग अध्ययन गर्ने बानी विद्यार्थीका लागि उपलब्धिमूलक हुनसक्छ । परिक्षामा मात्र पढ्ने विदार्थीहरुले भने कठिन सामग्रीहरु बिहानै उठेर पढ्नुपर्छ । फ्रेस दिमागले पढ्दा सम्झन सजिलो हुने विभिन्न अध्ययनमा देखिएको छ ।
कुनै विषयवस्तु पढ्दा श्रव्यदृश्य सामग्रीले सम्झन निकै सहयोग पु¥याउँछ । यदि यस्तो उपकरण नभएको खण्डमा महत्वपूर्ण विषयलाई चार्ट वा डायग्राममा उतार्नुपर्छ ।
परीक्षाका नाममा निद्रा मारेर पढ्दा भोलिपल्ट दिमाग फ्रेस नहुने समस्या हुन्छ । यसले स्वास्थ्यमा पनि समस्या निम्त्याउन सक्छ । त्यसैले पर्याप्त सुत्नु राम्रो हुन्छ ।
परीक्षाको तनाव, अनिन्द्रा, खानपानमा अनियमितताको कारण धेरै बिद्यार्थीलाई यसबेला स्वास्थ्य समस्या देखापर्न सक्छ । केही विद्यार्थीहरु परीक्षाको समयमा बिरामी परेर परिक्षा नै छुटेको समाचारहरु पनि हामीले सुनेका छौँ । त्यसैले परीक्षामा पनि आफ्नो दिनचर्यालाई सन्तुलित राख्ने प्रयास गर्नुपर्छ । सही समयमा सुत्ने, उठ्ने खाने तालिका अनुसरण गर्नुपर्छ ।
परीक्षाको बेलामा ताजा खानेकुरा खाने, पर्याप्त पानी पिउने गर्नुपर्छ । किनभने शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य भइयो भने नै पढेको कुरा मस्तिष्कले ग्रहण गर्छ । र, त्यसलाई आफूले सरल ढंगमा प्रस्तुत गर्न सकिन्छ ।
परीक्षा आयो भन्दैमा विद्यार्थीहरू निरन्तर पुस्तक र नोट बुकमा मात्र केन्द्रित हुनुहुँदैन । नियमित रुपमा ब्रेक लिनुपर्छ । रातमा पढ्दा सम्झन सजिलो हुने विद्यार्थीले दिनमा धेरै थकाइ मार्ने र दिनमा पढ्दा सम्झन सजिलो हुने विद्यार्थीले रातमा थकाइ मार्ने गर्नुपर्छ । जुन समयमा पढे पनि नियमित ब्रेक भने लिनुपर्छ ।
भनाइ नै छ, विद्यार्थीलाई सिक्नको लागि पुस्तक अध्ययन गरेर भन्दा आफूले जानेको कुरा अरुलाई भन्दा बढी प्रभावकारी हुन्छ । त्यसैले साथीहरुलाई आफूले पढिरहेको विषयको प्रश्न आफैंलाई सोध्न लगाउनुपर्छ । यसो गर्दा सम्झन कठिन भएको विषय स्पष्ट हुने र परीक्षामा लेख्न अल्मलिने समस्याबाट मुक्ति पाइन्छ ।
परीक्षाको दिन दिमागलाई प्रेसर दिनु कदापी सही होइन । त्यसैले परीक्षाको दिन अगावै मिहिनेत गरेर नियमित पठनपाठन गर्नुपर्छ भनिएको हो । परीक्षाको दिन सखारै उठेर केही बेर ध्यान गरेर ब्रेकफास्ट लिनुपर्छ । समयको हेक्का राख्नुपर्छ । परीक्षाको समय आवश्यक पर्ने पेन, पेन्सील, इरेजर, स्केल, एडमिट कार्ड अर्थात् प्रवेश पत्र जस्ता सामाग्री भुल्नुहुँदैन । परीक्षाको दिन परीक्षा समयभन्दा ठिक २० मिनेट अगाडि परीक्षास्थल पुग्नुपर्छ । र प्रशनपत्र राम्ररी अध्ययन गरेर मात्रै उत्तर दिनुपर्छ । नभुलौँ एउटा प्रश्न पूर्ण रुपमा बुझ्नु भनेको ४० प्रतिशत उत्तर आउनु बराबर हो ।
सामान्य लाग्ने तर, अत्यन्त महत्त्वपूर्ण टिप्स
नियमित नुहाउने
प्रशस्त पानी पिउने
धेरै पिरो खानेकुरा सकेसम्म नखाने किनकी यसले मस्तिष्कलाई छिटो थकाउँछ
पढ्ने कोठा उज्यालो र सफा राख्ने
स्वच्छ हावामा हिँडडुल गर्ने
पढेको कुरालाई आफूलाई मनपर्ने गीतको संगीतमा ढालेर याद गर्ने
शब्दहरुलाई तस्वीर तथा दृश्यमा ढालेर पनि स्मरण गर्न सकिन्छ
अभिभावकको भूमिका‘
विद्यार्थीहरुको परीक्षाको नतिजा राम्रो वा नराम्रो हुनुको पछाडि उनीहरुको एकल भूमिका भने हुँदैन । तयारीका लागि अभिभावकले पनि घरमा त्यहीअनुसारको वातावरण सिर्जना गरिदिनुपर्छ ।
आफ्ना नानीबाबुहरु परीक्षाको तयारी गर्दैगर्दा बाबुआमाले यसरी उनीहरुलाई मद्दत गर्नसक्छन्
अध्ययनको वातावरण  : परीक्षाको समय विद्यार्थीहरु मानसिक रुपले थकित हुन्छन् । उनीहरुमा परीक्षामा राम्रो अंक कसरी ल्याउने भन्ने चिन्ता हुन्छ । यस्तो बेला अभिभावकहरु घरमा झै–झगडा गर्छन् भने छोराछोरीको मन मस्तिष्कमा नकारात्मक प्रभाव पर्छ ।
झैझगडा मात्र होइन अभिभावकको हरेक नकारात्मक गतिविधिले अध्ययनमा जुटेका छोराछोरीमा गम्भीर असर पर्छ । त्यसैले अध्ययनको राम्रो वातावरण सिर्जना गरिदिनुपर्छ । राम्रो वातावरणका लागि शान्त ठाउँ भएर मात्र पुग्दैन, घरपरिवारको व्यवहार पनि आत्मीय र प्रेरणादायी हुन जरुरी छ । तर रिस डर धम्की देखाउनु कदापी हुँदैन ।
मनोविज्ञान बुझ्ने   :  हरेक बालबालिकाको मनोविज्ञान, क्षमता र रुचि फरक हुन्छ । अर्कातिर कक्षा १० मा पुगेका बालबालिकाको उमेरका कारण, शरीरमा हुने वृद्धि विकास, हर्मोनको कारण एवम् मनोविज्ञान फरक तरिकाको हुन्छ । त्यसैले अभिभावकले आफ्ना छोराछोरीको सोचाइ, व्यवहार मध्यनजर गर्दै त्यहीअनुसारको व्यवहार गर्नुपर्छ ।
मैत्रीपूर्ण व्यवहार   : परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई सधैं नै असल साथीको खाँचो हुन्छ र त्यो अभाव अभिभावक स्वयंले पूरा गर्न सक्छन् । आफू कति कमजोर छु, कुन–कुन विषयमा कमजोर छु भन्ने जस्ता कुरा उनीहरु आफ्ना साथीलाई मात्र भन्न सक्छन् । शिक्षक वा अभिभावकका अगाडि डरले पनि यस्ता कुरा लुकाउँछन् । त्यसैले उनीहरुको कमजोरी थाहा पाउन उनीहरूसँग मित्रवत् व्यवहार गर्नुपर्छ ताकि उनीहरु आफ्नो कमजोरीका सम्बन्धमा सजिलै खुल्न सकून् । छोराछोरीको कमजोरी बुझेर सोहीअनुरूपको शिक्षाको प्रबन्ध गर्न सकिन्छ ।
कक्षा १० मा पुगेका छोराछोरीको उमेर भनेको सुन्दर देखिन खोज्ने, स्मार्ट बन्न खोज्ने उमेर हो । यसलाई अभिभावकले बुझेर हौसला र आवश्यक सल्लाह दिनुपर्दछ । परीक्षा र नतिजामा मात्र ध्यान दिने होइन, उनीहरुका इच्छा र स्वतन्त्रतालाई पनि ध्यान दिनु असल अभिभावकको गुण हो ।
शिक्षकको भूमिका   :  अभिभावकले शिक्षकको भूमिका खेल्नुपर्ने हुन्छ । छोराछोरीलाई अनुशासनमा बाँधेर, उनीहरूले नबुझेको कुरा आफूलाई आउँछ भने सहज रुपमा सिकाइदिनु अभिभावकको कर्तव्य हो ।
प्रेरणाको स्रोत    :  छोराछोरीका निम्ति प्रेरणादायी भूमिका सधै अभिभावकले नै निभाउनुपर्छ । प्रेरणाले छोराछोरीहरुमा नयाँ ऊर्जा थपिन्छ, केही गर्छु भन्ने जोस आउँछ । ‘तिमी परीक्षामा सफल हुन्छौ, तिमीले गरेको प्रयास राम्रो छ’ जस्ता प्रेरणादायी बोली व्यवहार उनीहरुमाथि झल्काइरहनुपर्छ । अध्ययनका क्रममा उनीहरूमा हीनताबोध सिर्जना हुन दिनु हुँदैन । उचित हौसला एवम् प्रेरणाको अभावमा पनि विद्यार्थीहरु कमजोर हुन्छन् ।
सहयोगी    :  अध्ययन गरिरहेको बेलामा अभिभावकले बारम्बार डिस्टर्व गर्नु हुँदैन । धेरै पढ्–पढ् भनेर दबाव दिँदा विद्यार्थीहरु निरास हुन सक्छन् । त्यसैले पनि उनीहरुको स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ ।
समय दिने    :  आजभोलिका अभिभावक प्राय व्यस्त हुन्छन् तर, प्रत्येक दिन केही समय छुट्ट्याएर छोराछोरीसँग संवाद गर्नुपर्छ । परीक्षाको तयारी के कस्तो छ भनेर बुझ्नुपर्छ ।
यसअघि लोकपथमा प्रकाशित यो समाचार पढ्नुभएको थियो  ? 
लोकसेवाको तयारी गर्दै हुनुहुन्छ  ?  यसरी तयारी गर्नुहोस् 
नेपालमा लोकसेवाको तयारी गर्नेको संख्या धेरै छ । सरकारी जागिर खाने रहर कसलाई हुँदैन र ? सरकारी जागिर खाने अभिलाषाका साथ धेरै मानिसहरु लोकसेवाको तयारीमा जुट्छन् । तर पढ्ने तरिका नजान्दा धेरै मानिसहरु आफ्नो लक्ष्यमा पुग्न असफल भइरहेका छन् । परिक्षामा कति लेख्ने, कसरी लेख्ने ? कति पढ्ने, कसरी पढ्ने ? भन्ने तरीका नजान्दा नै धेरै विद्यार्थीहरु असफल हुने गरेको लोकसेवा तयारी कक्षाहरु पढाईरहेका प्रशिक्षकहरु बताउछन् । के तपाईहरु लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहनुभएको छ रु यदि गरिरहनुभएको छ भने त्यसका लागि आवश्यक केही टिप्सहरु दिन गइरहेका छौं । तपाइले यसरी परीक्षाको तयारी गर्नुभयो भने लोकसेवामा तपाइको नाम निस्कने पक्का हुन्छ ।
कसरी पढ्ने ? 
– पहिले आफ्नो लक्ष किटान गर्नुहोस । लोकसेवा नै पास गरी सरकारी सेवामा छिरेर आफ्नो करियर बनाउने लक्ष्यका साथ पढ्न थाल्नुहोस ।
-कसैको दबाबमा नपढ्नुहोस । पढ्ने कुरालाई मन देखिनै जागृत गर्नुहोस ।
-सधै सकरात्मक हुनुहोस । असफल हुँदैमा नआत्तिनुहोस । प्रयास गर्ने मान्छै नै असफल हुने हो भन्ने कुरा सोच्नुहोस । धेरैचोटी असफल भएर पनि पछि सफल भएका विश्वविख्यात व्याक्तिहरुको जीवनीलाई आत्मसात गर्नुहोस ।
-पढेरमात्रै लोकसेवा पास गर्न सकिदैन । सबै कुरा मिल्नुपर्छ । पहिलोचोटि मै सफल नहुन पनि सकिन्छ । त्यसैले, धैर्यताको बाँधलाई टुट्न नदिनुहोस ।
-पढ्दा कुनै एउटा पाठ्य सामाग्रीको मात्रै भर नपर्नुहोस । बजारमा गुणस्तरिय भन्दा पनि प्रचारमुखी सामाग्री बढि पाईन्छन् । त्यसैले पाठ्य सामाग्री चयन गर्दा सम्पर्ण पाठ्यक्रमलाई समेटेका गुणस्तरीय सामाग्री चयन गर्नुहोस ।
-सकेसम्म नोट बनाउने बानी बसाल्नुहोस । नोट बनाउदा धैरै सामाग्री हेरेर बनाईन्छ । जसबाट धेरै कुरा जान्ने मौका मिल्छ ।
-समसामयिक बिषयमा अपडेट हुनुहोस । समसामयिक को लागी छुट्टै नोट तयार गर्नुहोस ।
-राष्ट्रिय स्तरको पत्रिका पढ्ने , राष्ट्रिय ९स्तरको रेडियोको समाचार सुन्ने, सरकारी निकायहरुले निकालेका प्रतिवेदनहरु हेर्ने बानी बसाल्नुहोस ।
(कोचिङ) सेन्टरको मात्रै भर नपर्नुहोस । कोचिङ सेन्टर गाईडलाईन मात्रै हुन । त्यहाँ पढेको कुरो नै परीक्षामा आउँछ भन्ने हुँदैन । त्यसैले कम्तिमा एकचोटी कोचिङ गएर पढ्ने आधार बनाउनुहोस । तर सम्पूर्ण रुपमा भर नपर्नुहोस ।
-पढ्ने समयतालिका निर्धारण गर्नुहोस । निरन्तर नपढ्नुहोस । तर पढ्ने समयमा ध्यान केन्द्रित गरेर पढ्नुहोस । बुझेर पढ्नुहोस । पढेको कुरालाई सम्झने र विश्लेषण गर्ने गर्नुहोस । पढाईलाई बोझको रुपमा नलिनुहोस ।
-सबै विषयलाई उत्तिकै महत्व दिनुहोस । कहिलेकाहि आफूले आउँदैन होला भनेको कुरा नै परीक्षामा सोधिन सक्छ । त्यसैले पाठ्यक्रमलाई राम्ररी ख्याल गरी सबै कुरालाई अध्ययन गर्नुहोस ।
-आफ्नो परीक्षा आफै लिनुहोस । पुराना प्रश्नपत्र को हल निश्चित समय छुट्टाएर घरमै बसेर गर्नुहोस् ।
-मिल्छ भने टिम बनाएर कहिलेकाहि छलफल गर्नुहोस ।
परीक्षामा कसरी लेख्ने ? 
– समय सीमित तर लेख्ने विषय धेरै हुने हुँदा परीक्षामा समय व्यवस्थापन चुनौतीका रूपमा रहन्छ । कतिपय परीक्षार्थीहरूले उत्तर जान्दा जान्दै पनि समय व्यवस्थापन गर्न नसकी असफल भएको पाइन्छ । त्यसैले समयलाई ध्यान दिनुहोस् र परीक्षा केन्द्रमा पनि समयमै पुग्नुहोस् ।
– परीक्षा हलमा आफूलाई चाहिने सबै सामग्री लिएर जानुहोस् । एक बोतल पानी पनि लिएर जानुहोस् । अध्ययनले के देखाएको छ भने परीक्षा हलमा पानी लिएर जानेले अरूलेभन्दा १० प्रतिशत राम्रो गर्न सक्छ ।
–जानेको कुरो सबै लेख्न नथाल्नुहोस् । प्रश्नले सोधेको उत्तर छोटो तर तथ्य र तथ्याङ्कसहित सिलसिलाबद्ध रूपमा लेख्नुहोस् । अनावश्यक गफ लेखेर समय खेर नफाल्नुहोस् ।
–परीक्षा हलमा रहँदा मनलाई सकरात्मक बनाउनुहोस् । नआत्तिनुहोस् । परीक्षाको सन्दर्भमा फैलाइएका अनावश्यक हल्लाको पछि नलाग्नुहोस् ।
– उत्तर लेख्दा प्रत्येक परीक्षार्थीको शैली फरक–फरक हुन सक्छ । त्यसैले कसले कस्तो लेख्योभन्दा पनि प्रश्नले के मागेको हो र आफूले के लेख्ने भन्ने कुरालाई ध्यान दिनुहोस् । आवश्यकता अनुसार बुँदागत र व्याख्यात्मक दुवै रूपमा लेख्नुहोस् ।
– उत्तरको सुरुवात र अन्त्य चोटिलो बनाउनुहोस् । सुरुमै नकरात्मक उत्तर नलेख्नुहोस् । निष्कर्ष लेख्दा पनि समस्याको पहिचान गर्दै समस्यालाई समधान गर्न कसले के गर्नुपर्ने हो, त्यसलाई सकारात्मक रूपमा प्रस्तुत गर्नुहोस् ।
अन्तर्वाताको चरणमा के गर्ने, के नगर्ने  ? 
अन्तरवार्ता, परीक्षार्थी र परीक्षक प्रत्यक्ष रूपमा भेटघाट हुने चरण हो । अन्तर्वाता दिनेको हाउभाउ, बोल्ने तरिका, पोषाक, उसको व्यवहार इत्यादीले अन्तरवार्ता लिनेलाई प्रभावित तुल्याउने हुँदा अन्तरवार्ता दिनेले निम्न विषलाई ध्यान दिनु पर्छ ।
–औपचारिक र सफा पोसाकमा उपस्थित हुनुहोस् । उत्ताउलो र तडकभडक किसिमको पोसाक नलगाउनुहोस् ।
– अन्तरवार्ता लिने सबैलाई एकमुष्ट सम्बोधन गर्नुहोस् । तोकिएको कुर्सीमा अनुशासनपूर्वक बस्नुहोस् ।
– अन्तरवार्ता लिनेले परीक्षार्थीको मनोविज्ञान बुझ्न राम्रो विषयलाई पनि नराम्रो रूपमा प्रस्तुत गर्न सक्छ । त्यसैले सकरात्मक उत्तर दिनुहोस् ।
– अन्तरवार्ता दिँदा नडराउनुहोस् । निर्धक्क भएर प्रस्तुत हुनुहोस् । आफ्नो विचारलाई निर्भिक रूपमा राख्नुहोस् ।
– कतिपयले अन्तरवार्ताको समयमा खुट्टा चलाउने, कपाल कनाउने, दाँत टोक्ने इत्यादी गर्ने गरेको पाइन्छ । त्यस्तो काम कदापि नगर्नुहोस् । अन्तरवार्ताको वातावरणलाई रोमाञ्चित बनाउनुहोस् । मुस्कुराएर उत्तर दिनुहोस् । अन्तरवार्ता लिनेलाई सकरात्मक प्रभाव पार्नुहोस् ।
– आफूले नजानेको विषयलाई जानेजस्तो गरेर नभन्नुहोस् । नजानेको प्रश्नलाई निर्धक्क भएर आफूलाई सो प्रश्नको उत्तर नआउने बताउनुहोस् । मैले यो विषयमा अध्ययन गरेको रहेनछु । अब म यो विषयमा जानकार रहेनछु भन्नुहोस् ।
– आफूले दिएको उत्तरको आधारमा अन्य प्रश्न पनि जोडिन सक्ने हुँदा आफूलाई सजिलो लाग्ने विषयतिर अन्तरवार्तालाई मोड्नुहोस् । उदाहरणको लागि रु तपाईंलाई के गर्न मन पर्छ रु भनेर सोधियो र तपाईले मलाई फुटबल खेल्न मन पर्छ भन्नुभयो भने तपाईंलाई फूटबलसम्बन्धी अन्य धेरै प्रश्न सोधिन सक्छ । त्यसैले यस्तो विषयमा जानकार भएर जानुहोस् ।
– अन्तरवार्ता दिन जाँदा राष्ट्रिय अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमको बारेमा बुझेर, अध्ययन गरेर जानुहोस् ।
– अन्तरवार्ता लिनेलाई अनुचित प्रभाव पार्न नखोज्नुहोस् । मैले सोर्सफोर्स लगाएको छु । हजुरहरूले मलाई पास गराइदिनै पर्छ । तपाईंहरूले कृपा गर्नु भयो भने सफल भइएला जस्ता कुरा नराख्नुहोस् । योग्यता प्रणाली बमोजिम सफल हुनेछु । यदि सफल हुन सकिन भने पनि पुनः मिहिनेत गरी सेवामा प्रवेश गर्नेछु भनेर अन्तरवार्तालाई टुग्याउनुहोस् ।

Comments

Popular posts from this blog

मेमोरी किङ: अर्पण शर्मा

स्मरण शक्ती कसरी तेज बनाउने ?

परीक्षाका लागि कसरी समय व्यवस्थापन गर्ने ?